मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ

सोमबार, २५ जेठ २०८३, २२ : ३८
सोमबार, २५ जेठ २०८३

काठमाडौँ ।  नेपाल प्रहरीले काठमाडौँको टोखाबाट खैरो हिरोइन र नगद रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २० दशमलव ६४ ग्राम लागुऔषध खैरोहिरोइन र रु एक लाख १५ हजार नगदसहित सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थायी घर भई हाल काठमाडौँको टोखा बस्ने ३८ वर्षीय युगसाङ राईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले निजले कोठामा लुकाइ रोखेको भन्ने गोप्य सूचनाका आधारमा जाँच गर्दा खैरोहिरोइन र नगद फेला परेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका राईसँग खैरो हिरोइन, नेपाली रुपैयाँका साथै दुई हजार २०० भारतीय रुपैयाँ, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका निजका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप