दुई हप्ताभित्र इरानमाथि पूर्ण विजयको घोषणा हुने ट्रम्पको दाबी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमाथि आगामी दुई हप्ताभित्र पूर्ण विजय घोषणा गर्ने दाबी गरेका छन् ।
- ट्रम्पले यो विजय छिट्टै हुने र तेलको मूल्य पनि घट्ने दाबी गरे ।
- यसैबीच, इरानले इजरायलमाथिको आक्रमण रोक्ने घोषणा गरेको छ ।
वाशिङटन डीसी । अमेरिकाले इरानमाथि चाँडै पूर्ण विजय घोषणा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले यो घोषणा आगामी दुई हप्ताभित्र हुन सक्ने दाबी गरेका हुन् ।
ट्रम्पले यो टिप्पणी आफ्ना निकट सहयोगी सिनेटर लिन्डसे ग्राहमको समर्थनमा गरिएको एक टेलीर्यालीमा गरेका हुन् । ‘हामी एकदमै कडा टिम हौँ, र मलाई लाग्छ हामी यो लडाइँ जित्दैछौं, तर वास्तविक जित तपाईंले आगामी दुई हप्ताभित्र देख्नुहुनेछ, जब हामी पूर्ण विजयको घोषणा गर्नेछौ,’ उनले भने ।
तेलको मूल्य पनि घट्ने दाबी गर्दै यो विजय छिट्टै हुने उनले बताए । तर कुन सैन्य वा कूटनीतिक कदमबाट यो परिणाम आउनेछ भन्नेबारे उनले विस्तृत जानकारी दिएनन् । यो अभिव्यक्ति इरान र इजरायलबिच हालै देखिएको तनाव कम गर्ने प्रयाससँग सम्बन्धित घटनाक्रमपछि आएको हो ।
सोमबार नै इरानले इजरायलमाथिको आक्रमण रोक्ने घोषणा गरेको थियो, तर लेबनानमा इजरायली सैन्य गतिविधि जारी रहे कडा प्रतिक्रिया दिने चेतावनी पनि दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण