बजेट छलफल
सांसद सिंहले भने : बजेट कार्यान्वयन हुने विश्वास छैन
बिहीबार, २८ जेठ २०८३, १३ : १३
सारांश
- रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुने विश्वास नभएको बताएका छन् ।
- उनले बजेटलाई 'फुकिएको बेलुन' को संज्ञा दिँदै जीडीपीको ३२-३३ प्रतिशत बजेट नहुने बताए ।
- सिंहले बजेट कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर, जापान वा दुबई बन्ने भन्दै व्यङ्ग्य गरे ।
काठमाडौँ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुने विश्वास नभएको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै प्रतिनिधिसभा बैठकमा सांसद सिंहले आफू दक्षिण एसियाको राजनीतिको विद्यार्थीसमेत भएको भन्दै जीडीपीको ३२–३३ प्रतिशत कहीँ पनि बजेट नबनाउने भन्दै फुकिएको बेलुनको संज्ञा दिए ।
‘फुकिएको बजेट लामो समय टिक्दैन, त्यसकारण मलाई विश्वास छैन कि यो बजेट कार्यान्वयन हुन्छ,’उनले व्यङ्ग्य गर्दै भने–‘बजेट कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर हुन्छ, जापान हुन्छ, दुबई हुन्छ’ ।
सिंहले बोल्दाबोल्दै समय सकिएर माइक अफ भएपछि उनी रोष्टमबाट बेन्च फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्टको बयान, ‘दुबई र सिंगापुरमा घर किनेको छैन’
-
इप्पान कार्यसमिति निर्वाचनः एक उपमहासचिवसहित पाँच सचिव निर्विरोध निर्वाचित
-
सम्पत्ति शुद्धीकरणको आरोपमा सुलभ अग्रवालको इन्कारी बयान: 'ब्रोकरबाट सापटी मात्र लिएको हुँ'
-
दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट
-
नेसनल कलेजले सुरु गर्यो अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी ‘बर्ड’ कार्यक्रम सुरु
-
दीपक भट्टसहित ३९ विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण