इप्पान कार्यसमिति निर्वाचनः एक उपमहासचिवसहित पाँच सचिव निर्विरोध निर्वाचित
सारांश
- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति निर्वाचनमा उपमहासचिवमा कविता पोखरेलसहित पाँच सचिव निर्विरोध निर्वाचित भएका छन् ।
- निर्वाचित सबै पदाधिकारी हालका उपाध्यक्ष भ्लोन लामा प्यानलका हुन् ।
- सहमति जुट्न नसकेका बाँकी पदका लागि भने शुक्रबार मतदान हुनेछ ।
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति निर्वाचनअन्तर्गत केही पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।
भोलि शुक्रबार हुने तय भएको कार्यसमिति निर्वाचन प्रक्रिया अगावै उनीहरू सर्वसम्मत रूपमा चयन भएका हुन् । आज उपमहाचिवमा कविता पोखरेल निर्विरोध भइन् भने सचिवहरूमा इशा श्रेष्ठ, विजयमोहन भट्टराई, सुमनकुमार जोशी, कुबेरमणि नेपाल र अभिज्ञा मल्ल रहेका छन् ।
निर्वाचित सबै हालका उपाध्यक्ष उत्तम भ्लोन लामा प्यानलका हुन् ।
निर्वाचन समितिका अनुसार सहमति जुट्न नसकेका बाँकी अन्य पदका लागि भने भोलि शुक्रबार मतदान हुनेछ ।
नयाँ कार्यसमितिका बाँकी पदाधिकारी तथा सदस्य चयनका लागि भोलि बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
सर्वसम्मत निर्वाचित भएका पदाधिकारीहरूको औपचारिक घोषणा र विवरण भने निर्वाचनको अन्तिम परिणामसँगै सार्वजनिक गरिने बुझिएको छ ।
नयाँ कार्यसमिति चयनका लागि हालका उपाध्यक्ष उत्तम भ्लोन लामा र महासचिव बलराम खतिवडा छुट्टाछुट्टै प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
वरिष्ठ उपाध्यक्षमा लामा र बलराम खतिवडा प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, बिक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, सुसन कर्माचार्य र हिमप्रसाद पाठक प्रतिस्पर्धामा छन् । सात प्रतिस्पर्धीमध्येबाट पाँच जना उपाध्यक्षमा निर्वाचित हुनेछन् ।
महासचिवमा टेकनाथ (टीएन) आचार्य र प्रकाशचन्द्र दुलाल भिड्नेछन् भने कोषाध्यक्षमा मिथुन चक्रवर्ती प्रसाद पौडेल र शंकर बस्याल प्रतिस्पर्धा गर्नेछन् । खुलातर्फ सात सदस्य निर्वाचित हुने भए पनि १४ जनाको उम्मेदवारी परेको छ । महिलातर्फ तीन सदस्य चुनिनेमा चार जनाको उम्मेदवारी परेको छ ।
यसैबिच भोलि हुने इप्पानको साधारणसभा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले याक एन्ड यती होटलमा उद्घाटन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कार दुर्घटनामा व्यवसायी रेशम थापाको मृत्यु
-
सुकुमबासी परिवारसँग गृहमन्त्रीले मागे माफी
-
व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
-
ट्रम्पको नयाँ धम्कीः बिहीबार राति इरानमाथि ठुलो आक्रमण हुनेछ
-
मिसेस ग्लोबल नेपाल २०२६ को उपाधि सभ्या महर्जनलाई
-
‘यो बजेट टाई लगाउनेलाई हो, गाई पाल्ने किसानका लागि होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण