इरानले हानेका २० मिसाइल खसालेको जोर्डनको दाबी
अम्मान । जोर्डनले इरानबाट प्रक्षेपण गरिएका २० वटा मिसाइल आकाशमै नष्ट गरेको जनाएको छ । जोर्डनको राष्ट्रिय सङ्कट तथा सुरक्षा व्यवस्थापन केन्द्रका अनुसार बिहीबार बिहान इरानबाट प्रक्षेपण गरिएका मिसाइलहरूलाई देशको हवाई रक्षा प्रणाली र रोयल जोर्डनियन एयर फोर्सले रोक्न सफल भएको हो ।
ती मिसाइलहरू अज्राक क्षेत्रतर्फ लक्षित गरिएको बताइएको छ । सरकारी वक्तव्यअनुसार खसालिएका मिसाइलका टुक्राबाट कुनै मानवीय क्षति वा भौतिक क्षति भएको छैन ।
यसैबिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफूहरूले अमेरिकाको सैन्य कारबाहीको जवाफस्वरूप मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरेको दाबी गरेको छ ।
आईआरजीसीका अनुसार आक्रमणहरू कुवेत, बहराइन र जोर्डन मा रहेका अमेरिकी सैन्य संरचनाहरूमाथि केन्द्रित थिए । यो घटना अमेरिकाले इरानका विभिन्न लक्ष्यहरूमा हवाई आक्रमण गरेको भनिएको केही समयपछि भएको हो । त्यसपछि इरानले जवाफी कारबाही स्वरूप क्षेत्रीय अमेरिकी सैन्य उपस्थिति भएका स्थानहरूमा मिसाइल प्रहार गरेको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट
-
नेसनल कलेजले सुरु गर्यो अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी ‘बर्ड’ कार्यक्रम सुरु
-
दीपक भट्टसहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष शिवाकोटी पक्राउ
-
लेखा समितिमा पुग्यो करका दर हेरफेर विवादः अर्थमन्त्रीले दिए चुनौती
-
पूर्वप्रधानमन्त्रीत्रयसँग ‘संविधान संशोधन बहस पत्र’ कार्यदलले गर्याे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण