अमेरिका–इरान सैन्य तनाव : तेहरानबाट फर्कियो कतारी प्रतिनिधिमण्डल
बिहीबार, २८ जेठ २०८३, १५ : १५
सारांश
- कतारी कूटनीतिक प्रतिनिधिमण्डल इरानी अधिकारीहरूसँगको वार्तापछि बिहीबार तेहरानबाट फर्किएको छ ।
- वार्ता अमेरिकासँगको समन्वयमा भएको थियो ।
- पश्चिम एसियामा बढिरहेको अमेरिका–इरान सैन्य तनावबीच कूटनीतिक सम्पर्क कायम राख्ने प्रयास वार्ताको उद्देश्य थियो ।
काठमाडौँ। कतारको एक कूटनीतिक प्रतिनिधिमण्डल इरानी अधिकारीहरूसँगको वार्तापछि बिहीबार तेहरानबाट फर्किएको छ । एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले समाचार लेखेको छ।
स्रोतका अनुसार उक्त वार्ता अमेरिकासँगको समन्वयमा भएको थियो। हाल पश्चिम एसियामा बढिरहेको अमेरिका–इरान सैन्य तनावबिच कूटनीतिक सम्पर्क कायम राख्ने प्रयास वार्ताको उद्देश्य रहेको बताइएको छ।
अमेरिकाले इरानका विभिन्न लक्ष्यहरूमा हवाई आक्रमण गरिरहेको अवस्थामा कतारी प्रतिनिधिमण्डल तेहरानमा सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रतिपक्षको आन्दोलन यथावत् छ, बजेटका लागि मात्र सहजीकरण’
-
सेयर बजारमा १ अर्ब १४ करोडको सङ्गठित ठगी : शेखर गोल्छासहित ८१ जनाविरुद्ध मुद्दा दायर
-
अब बाली नभित्र्याउँदै किसानको हातमा मूल्यसूची
-
सरकारको बजेटले गरिबलाई छोएन, धनी र गरिबबिचको खाडल झनै बढाउँछ : अर्याल
-
पोखराबाट दुबई उडानको टिकट बुकिङ खुल्यो
-
६ लाख मेट्रिक टन मल कृषकलाई वितरण गर्ने सरकारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण