इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियाका लागि तीन देशले सुरु गरे संयुक्त कोष
लन्डन । बेलायत, अस्ट्रेलिया र क्यानडाले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दीर्घकालीन शान्ति प्रक्रिया अघि बढाउने उद्देश्यले संयुक्त रूपमा करिब ४० लाख २० हजार अमेरिकी डलर बराबरको कोष सुरु गरेका छन् ।
यस कोषमा प्रत्येक देशले करिब १ मिलियन पाउन्ड योगदान गर्नेछन् । कोषको मुख्य उद्देश्य दुई–राज्य समाधानलाई प्रवर्द्धन गर्नु र स्थानीय स्तरमा शान्ति तथा संवाद निर्माण गर्ने परियोजनालाई सहयोग गर्नु हो ।
यो नयाँ कोषलाई तत्काल ठुलो रकम नभए पनि भविष्यमा अन्य अन्तर्राष्ट्रिय दाताहरूलाई आकर्षित गरेर विस्तार गर्ने योजना रहेको छ । यो कोष विशेष गरी युवा समूह, नागरिक समाज संगठनहरू र महिला नेतृत्वमा आधारित पहलहरूमा केन्द्रित रहनेछ ।
बेलायतकी विदेश मन्त्री युभेट कूपरले शान्ति केवल अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासबाट मात्र सम्भव नहुने भन्दै स्थानीय समुदायहरूलाई पनि संवाद र विश्वास निर्माणमा सहभागी गराउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् । उनका अनुसार इजरायल र प्यालेस्टाइन दुवै राज्यको मान्यता नै दीर्घकालीन शान्तिको एक मात्र व्यावहारिक मार्ग हो ।
यो घोषणा केही दिनअघि बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, न्युजिल्यान्ड र नर्वेले वेस्ट बैंकमा रहेका इजरायली बसोबासी समूहविरुद्ध प्रतिबन्ध घोषणा गरेपछि आएको हो । ती देशहरूले अवैध बसोबास विस्तार र बढ्दो हिंसालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला समय वेस्ट बैंकमा हिंसा तीव्र रूपमा बढेको छ र इजरायली सेना तथा बसोबासी समूहहरूको संलग्नतामा १ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा ६ वटा निर्देशनालय खारेज, जिल्ला कार्यालयमा रूपान्तरण
-
अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
-
दिपक भट्टको बयान, ‘दुबई र सिंगापुरमा घर किनेको छैन’
-
इप्पान कार्यसमिति निर्वाचनः एक उपमहासचिवसहित पाँच सचिव निर्विरोध निर्वाचित
-
सम्पत्ति शुद्धीकरणको आरोपमा सुलभ अग्रवालको इन्कारी बयान: 'ब्रोकरबाट सापटी मात्र लिएको हुँ'
-
दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण