बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

३१ लाख ५१ हजार नगदसहित दुई जना बङ्गलादेशी पक्राउ

बिहीबार, २८ जेठ २०८३, १७ : ३७
बिहीबार, २८ जेठ २०८३

सारांश

  • प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार नेपाली र विदेशी मुद्रासहित दुई जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका मोहम्मद इन्ताज अली र एमडी जाकिर हुसेनले सुटकेश र ल्यापटप ब्यागमा लुकाई उक्त रकम मलेसिया लैजाँदै थिए।
  • उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार नेपाली र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँबाट मलेसियाको क्वालालम्पुर जाँदै गरेका दुई जनालाई नगदसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए। 

पक्राउ पर्नेमा मोहम्मद इन्ताज अली र एमडी जाकिर हुसेन छन् । उनीहरूको साथबाट प्रहरीले नेपाली रुपैयाँ, अमेरिकी डलर र मलेसियन रिङ्गिट बरामद गरेको छ। एक जनाले सुटकेश भित्र फल्स बटम बनाएर तथा अर्का आरोपीले ल्यापटप ब्यागमा लुकाएर सो रकम मलेसियातर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी सिलवालले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप