बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको ४० लाख नगद सहित न्युरोडबाट युवक पक्राउ

बिहीबार, २८ जेठ २०८३, १७ : ५०
बिहीबार, २८ जेठ २०८३

सारांश

  • प्रहरीले स्रोत नखुलेको ४० लाख नगदसहित न्युरोडबाट एक युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्ने युवक गोरखाका २३ वर्षीय स्वरूप राज दवाडी छन् ।
  • दवाडीले आफू चन्द्रोदय बहुउद्देश्यीय सहकारीमा रकम सङ्कलनको काम गर्ने प्रहरीलाई बताएका छन् ।

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको नगदसहित न्युरोडबाट बिहीबार एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर–८ जौवारी घर भएका २३ वर्षीय स्वरूप राज दवाडी छन् ।

उनको साथबाट स्रोत नखुलेको ४० लाख बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । 

काठमाडौँको जरङ्खु बस्दै आएका दवाडीले आफू चन्द्रोदय बहुउद्देश्यीय सहकारीमा रकम सङ्कलनको काम गर्ने प्रहरीलाई बताएका छन् । आरोपीको साथमा भेटिएको रकमको स्रोत नखुलेको एसएसपी खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप