शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् ५ कार्यसूची

शुक्रबार, २९ जेठ २०८३, ०७ : ०७
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
  • बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन् ।
  • यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्नेछन् ।

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजे सुरु हुने  बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन् । 

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची छ । 

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ पेस गर्ने कार्यसूची छ । 

मन्त्री गौरी कुमारीले नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेस गर्ने कार्यसूचीमा उल्लेख छ । 

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप