संसद् बैठक
किसानले डिएपी मल पाएनन्, कृषि मन्त्रालयले सुनेन : सांसद अलिभाट
शुक्रबार, २९ जेठ २०८३, ११ : ५२
सारांश
- राप्रपा सांसद ताहिर अलि भाटले किसानहरूले खेतीको मुख्य सिजनमा डिएपी मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
- सांसद भाटले कृषि समिति र कृषि मन्त्रीलाई बारम्बार मल उपलब्ध गराउन आग्रह गर्दा पनि नसुनेको गुनासो गरे ।
- उनले बजेटमा साना किसानका लागि केही नभएको र ठुला किसान तथा कृषि माफियालाई मात्र फाइदा हुने गरी आएको भन्दै सच्याउन माग गरे ।
काठमाडौँ । राप्रपा सांसद ताहिर अलि भाटले किसानहरूले खेतीको मुख्य सिजनमा डिएपी मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘ठाउँ ठाउँबाट सांसदहरूलाई फोन आइरहेको छ । मलखाद्य पुगेन भनेर । हामीले बारम्बार कृषि समिति, कृषि मन्त्रीलाई भनेको छौँ तर उहाँले सुन्नु भएको छैन । अब सरकारले हरेक जिल्लामा मल पठाउनुपरो,’ भाटले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै भने ।
उनले बजेटमा गरिब किसानका लागि केहि नगरेको भन्दै ठुला किसान, कृषि माफियाहरूले दिने गरी बजेट आएको भन्दै बजेट सच्याउन समेत माग गरे ।
‘ठुला किसानले २ करोड लगानी गर्दा ८० लाख रुपैयाँ कृषि माफियाले पाउने तर साना किसानले केहि नपाउने ? त्यसकारण यो फोडेर साना किसानलाई बाँड्नुपर्छ,’ भाटले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको युद्ध अन्त्य घोषणापछि सुन र तेलको मूल्यमा 'यू-टर्न'
-
‘अहिलेको बजेटले २५ वर्षमा पनि राष्ट्रिय गौरवका आयोजना सकिँदैनन्’
-
चिया, दूध र सुपारी किसानका समस्या समाधान गर्न कांग्रेस सचेतक राईको माग
-
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
-
चीन भ्रमणको कूटनीतिक टेबलमा ‘लिपुलेक–कालापानी’ उच्चारण गर्न खुश्बुको सुझाव
-
राष्ट्रसंघीय विज्ञहरूद्वारा अफगान प्रहरीले महिलामाथि गरेको दमनको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण