बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
काठमाडौँ । देशका विभिन्न स्थानमा परेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण केही मुख्य राजमार्गहरू प्रभावित भएका छन्।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार चन्द्रागिरि नगरपालिका–९, देउराली देवीस्थानमा पहिरो गएका कारण सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। मर्मत कार्यका लागि यो बाटो १ महिनाका लागि बन्द रहने जानकारी दिइएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ को महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक पनि १ महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
ईलामस्थितमेची कोरिडोर इलाम नगरपालिका–९, पुवाखोलामा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। तत्कालका लागि मेची राजमार्गलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सकिनेछ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक एकतर्फीमात्र सञ्चालनमा छ। पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास–५, टुटेश्वर खण्डमा सडक एकतर्फी सुचारु रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक
-
प्रचण्ड गर्मीमा पङ्खाविहीन कक्षा, विद्यार्थीको पढाइ प्रभावित
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
-
टीकापुरमा भूमिपूजाको रौनक
-
कर्णालीमा विकासका लक्ष्यहरू हासिल गर्न मुस्किल, खुम्चिँदो आर्थिक अवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण