डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
मङ्गलबार, ०२ असार २०८३, १३ : ४४
सारांश
- ललितपुरको डीएभी कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारको क्रममा मृत्यु भएको छ ।
- कक्षा १२ मा अध्ययनरत सिंहलाई शिक्षकहरूले उपचारको लागि अस्पताल लगेका थिए ।
- घटनास्थलमा फेला परेको नोट र सीसीटिभी फुटेजको आधारमा प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
ललितपुर । ललितपुरको डीएभी कलेजको चौथो तलाबाट हामफालेका एकजना विद्यार्थीको मृत्यु भएको छ ।
सोमबार कलेजको छतबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
कक्षा १२ मा अध्ययनरत सिंहलाई शिक्षकहरूले उपचारको लागि अस्पताल लगेका थिए । उपचारको क्रममा साँझ ६ बजे उनको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका थिए ।
घटनास्थलमा उनले छाडेको नोट फेला परेको छ । सीसीटिभी फुटेज र नोट अध्ययन गरेर घटनाबारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको बजेटः नयाँ कार्यक्रममा जोड दिँदा पुराना दर्जनौँ कार्यक्रम गायब
-
एसियन गेम्स छनोटमा धाँधली भएको भन्दै पौडी खेलाडी अदालतमा
-
लेबनान मामिलामा नेतान्याहुप्रति ट्रम्प असन्तुष्ट
-
मुख्यमन्त्री विजय र पत्नी संगीता अदालतमा अनुपस्थित, सम्बन्धविच्छेदको मुद्दाको पेसी सर्यो
-
गोडैता नगरपालिकाका वडाध्यक्ष पक्राउ
-
चलचित्र ‘काला हिरण’ विवाद : अभिनेता गोविन्द नामदेवसँग ५० लाख रुपैयाँ क्षतिपूर्ति माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण