बजेट कार्यान्वयनमा कानुन बाधक छ : हर्कराज राई
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनमा कानुन बाधक रहेको बताएका छन् ।
- उनले बजेट कार्यान्वयन सहज बनाउनका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।
- राईले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनका लागि कानुन नै बाधक रहेको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उनले बजेट कार्यान्वयन हुने गरी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन् ।
अध्यक्ष राईले सरकारले विनियोजन गरेको बजेटमा हिसाब नै नमिलेको त्रुटि समेत आफूले फेला पारेको बताए । विगतमा जस्तै बजेट कार्यान्वयन नहुने अवस्थाको सरकारले अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष राईले भने, ‘हामीले बजेट बनाउँछौँ । तर, ठेक्कापट्टा र वनको कानुन लगायतका कारणले गर्दा त्यसको कार्यान्वयनका लागि धेरै समय लाग्छ । मैले कानुनमन्त्रीलाई पनि भेटेर सल्लाह दिएको थिएँ– यो सरकारले बजेट कार्यान्वयन सहज बनाउनुपर्छ । त्यसका लागि आवश्यक कानुनी चिरफार गर्नुपर्छ । अन्यथा हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ । अनि असारमा बाटो बनाएर हिँड्नुपर्ने हुन्छ ।’
अध्यक्ष राईले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पुँजीगत खर्च दयनीय, रास्वपा महाधिवेशनमा देखिएला चुनावी ‘साइड इफेक्ट’ ?
-
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण