लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
बिहीबार, ०४ असार २०८३, ०६ : ५९
सारांश
- प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट ३७० किलोग्राम गाँजा बरामद गरेको छ ।
- नियमित गस्ती गर्ने क्रममा प्रहरी टोलीले नहरको खाल्डो छेउमा २५ वटा पोकामा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारेको हो ।
- यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ ।
प्रहरी चौकी मिर्जापुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको खाल्डो छेउमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको २५ वटा पोकामा रहेको गाँजा फेला पारी बरामद गरिएको हो ।
यस घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण