शालिराम जम्कट्टेलको आह्वान–पार्टीमाथि चौतर्फी घेराबन्दी भइरहेको छ, एकताबद्ध बनौँ
सारांश
- बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पार्टीमाथि चौतर्फी घेराबन्दी भइरहेको भन्दै सङ्गठन सुदृढीकरणमा लाग्न आह्वान गरेका छन् ।
- पार्टीभित्रको असन्तुष्टि र नेतृत्व परिवर्तनका कुराले सङ्गठनलाई विभाजनतर्फ लैजान सक्ने खतराप्रति उनले सचेत गराएका छन् ।
- जम्कट्टेलले पार्टी कमजोर हुँदा विगतमा कुटिनु परेको अनुभव सुनाउँदै इतिहासको अनुभवबाट सिक्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता शालिकराम जम्कट्टेलले वर्तमान राजनीतिक परिस्थिति पार्टी प्रतिकूल बन्दै गएको निष्कर्ष निकालेका छन् । जम्मकट्टेलले पार्टी एवं नेतृत्वमाथि चौतर्फी घेराबन्दी भइरहेको भन्दै यतिबेला विचलित नभई सङ्गठन सुदृढीकरणमा लाग्न आह्वान गरेका छन् ।
पार्टीभित्र पछिल्लो समय देखिएका असन्तुष्टि र नेतृत्व परिवर्तनका कुराहरूले सङ्गठनलाई विभाजनतर्फ लैजान सक्ने खतराप्रति सचेत गराउँदै इतिहासको अनुभवबाट सिक्नुपर्नेमा जोड दिइएको छ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हाम्रै अनुभवले पनि भन्दछ विचलन र विभाजनहरूको सुरुवात नेतृत्व बिग्रियो , असफल भयो , नेतृत्वले छोड्नुपर्दछ । यो नेतृत्वले पार्टी र आन्दोलन अगाडी बढाउन सक्दैन जस्ता कुराहरूको उठानबाट नै हुने गरेको छ ।’
पार्टी कमजोर हुँदा २०४७ साल पछि स्कुल , कलेज , कारखाना र गाउँहरूमा सङ्गठन निर्माणमा जाँदा कुटिनु परेको उनले अनुभव सुनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण