१५ वर्षअघि किनेको २ करोड डलरको स्पेसएक्सको सेयर २० अर्ब पुग्यो
सारांश
- सन् २०११ मा १ अर्ब डलर मूल्य रहेको स्पेसएक्समा १३७ भेन्चर्सले २ करोड डलर लगानी गरेको थियो ।
- स्पेसएक्सको सेयर बिक्री नगरेको १३७ भेन्चर्सको उक्त हिस्सेदारी हाल २० अर्ब डलर पुगेको छ ।
- सन् २००८ मा रकेट विस्फोट भएपछि पनि स्पेसएक्सले पुनः प्रयास गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ । एलन मस्कका साथीहरू र स्पेसएक्सका बोर्ड सदस्यहरू कम्पनीको आईपीओबाट अर्बपति बन्ने तयारीमा रहेका बेला जस्टिन फिस्नर–वुल्फसनले भने फरक र शान्त बाटो रोजे । उनको लागि सबैभन्दा ठुलो हतियार भनेकै धैर्यता थियो ।
उनको कम्पनी १३७ भेन्चर्सले सन् २०११ मा पहिलो पटक स्पेसएक्समा लगानी गरेको थियो । त्यतिबेला कम्पनीको मूल्य केवल १ अर्ब डलर थियो । न्युयोर्क टाइम्सका अनुसार त्यसयता कम्पनीले स्पेसएक्सको एउटा पनि सेयर बिक्री गरेको छैन ।
आज उक्त हिस्सेदारी स्पेसएक्सको १ प्रतिशतभन्दा बढी पुगेको छ, जसको मूल्य कम्पनीको १.७७ ट्रिलियन डलरको आईपीओ मूल्याङ्कनका आधारमा करिब २० अर्ब डलर बराबर छ ।
तर स्पेसएक्सप्रतिको उनको विश्वास एक समय प्रक्षेपण स्थलमै ध्वस्त हुने अवस्थामा पुगेको थियो । सन् २००८ मा, २६ वर्षीय कनिष्ठ लगानीकर्ताका रूपमा पिटर थिएलको फाउन्डर्स फन्डमा काम गरिरहेका फिस्नर–वुल्फसनले स्पेसएक्सको रकेट उडान भरेको दुई मिनेटमै विस्फोट भएको देखेका थिए ।
त्यतिबेला उनको कम्पनीले स्पेसएक्समा २ करोड डलर लगानी गरेको थियो । विस्फोटपछि उनले स्पेसएक्सकी अध्यक्षलाई सोधे, ‘अब तपाईंहरू के गर्नुहुन्छ ?’
उनको जवाफ थियो, ‘हामी अर्को रकेट बनाउँछौँ र फेरि प्रयास गर्छौँ ।’ स्पेसएक्सले त्यही गर्यो । र, त्यही २ करोड डलरको लगानी आज अर्बौँ डलर बराबरको सम्पत्तिमा परिणत भएको छ । फिस्नर–वुल्फसन भन्छन्, ‘सायद यही निर्णयले मेरो सम्पूर्ण करिअरलाई परिभाषित गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
-
‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण