राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।
- पार्टीभित्रको एक समूहले अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत 'अनधिकृत' व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै बैठक बहिष्कार गर्ने तयारी गरेको छ।
- कार्यसम्पादन समितिले आगामी महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौँमा गर्ने कार्यतालिका पारित गरेको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।
धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुन लागेको हो । तर बैठकका विषयमा पार्टीभित्रै विवाद देखिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत ‘अनधिकृत’ व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको हो ।
बैठकमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो । यस्तै एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराउन लागिएको छ। केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्व अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले यस विषयमा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए। उनीहरूले केन्द्रीय सदस्यबाहेक अरूलाई बैठकमा राख्न नहुने अडान राखेका थिए।
केन्द्रीय सदस्य जनकराज पाठकले आफूसहितका विधिको पक्षमा रहेका नेताह्यरुको आजको बैठकमा सहभागिता नरहने बताए । निर्वाचित केन्द्रीय सदस्य उनले शुक्रबार बिहान भने, 'केन्द्रीय समितिको बैठकमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराउन खोजिएकाले सहभागी हुन सक्ने अवस्था रहेन। मैले यसबारे अध्यक्ष, महामन्त्री र सचिवालय प्रमुखलाई जानकारी गराइसकेको छु।'
पार्टीभित्रैका केही नेताहरूले केन्द्रीय सदस्य नै नरहेका व्यक्तिहरूलाई बैठकमा प्रवेश गराएर अध्यक्ष लिङ्देनको फेस सेभ गर्ने रणनीति लिएको टिप्पणी गरेका छन् ।
गत निर्वाचनमा जुम्लाबाट ज्ञानेन्द्र शाहीले जित्नुबाहेक अन्य अधिकांश ठाउँमा राप्रपाका उम्मेदवारहरूको जमानत जफत भएको थियो। केन्द्रीय समितिमा आफ्नो आलोचना हुने डरले अध्यक्षले आफ्ना पक्षका मानिसहरू र चुनाव हारेका उम्मेदवारहरूलाई प्रयोग गरेर सुरक्षित हुन खोजेको असन्तुष्ट पक्षको बुझाइ छ।
यसैबिच, बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी महाधिवेशनको कार्यतालिका भने पारित गरेको थियो। जसअनुसार आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा राप्रपाको महाधिवेशन आयोजना गरिनेछ। बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिकासमेत परिमार्जनसहित पारित गरेको अध्यक्ष लिङ्देनले बताए ।
महामन्त्री धवलशमशेर राणाले राप्रपा छाडेपछिको अवस्था यो बैठक बस्न लागेपनि विवाद कायमै रहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
-
मधुमेहका बिरामीले खान हुन्छ अनार ?
-
सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण