स्विट्जरल्यान्डमा तय भएको अमेरिका–इरान वार्ता स्थगित
सारांश
- अमेरिका र इरानबीच शुक्रबार स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता स्थगित भएको छ ।
- स्विट्जरल्यान्डको विदेश मन्त्रालयले वार्ता हालका लागि रोकिएको पुष्टि गरेको छ ।
- वार्ता स्थगित हुनुको विस्तृत कारण खुलाइएको छैन ।
बर्न । अमेरिका र इरानबिच शुक्रबार हुने तय गरिएको वार्ता स्थगित भएको छ । स्विट्जरल्यान्डको विदेश मन्त्रालयले वार्ता हालका लागि रोकिएको पुष्टि गर्दै नयाँ मिति तय नभएको जनाएको छ । वार्ता स्विट्जरल्यान्डको पहाडी रिसोर्ट क्षेत्र बुर्गेनस्टकमा हुने तय थियो । मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड अझै पनि वार्ता सहज बनाउन तयार छ र त्यसका लागि आवश्यक पूर्व तयारीको काम भने जारी छ ।
तर, वार्ता किन स्थगित गरियो भन्ने विस्तृत कारण सार्वजनिक गरिएको छैन । यसअघि नै अमेरिकी ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्स तय कार्यक्रमअनुसार स्विट्जरल्यान्ड नजाने जानकारी दिएको थियो । वार्तासम्बन्धी प्राविधिक तयारी पूरा नभएकाले उनको यात्रा रोकिएको बताइएको थियो ।
उपराष्ट्रपति भान्सले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै आफू स्विट्जरल्यान्ड जान तयार रहेको बताएका थिए, तर समय अझै निश्चित नभएको स्वीकार गरेका थिए । उनका अनुसार इरानसँगको प्राविधिक वार्ता सप्ताहान्तमा सुरु गर्ने योजना थियो र उनी अमेरिकी वार्ता टोलीको नेतृत्व गर्ने तयारीमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गन्धर्व समुदायका महिला तरकारीखेतीमा
-
अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
-
प्रहरी समायोजन र कर्मचारी व्यवस्थापन नहुँदा प्रशासनिक सङ्घीयता कमजोर बन्यो : दङ्गाल
-
सरकारले सङ्घीयताको भावना र मर्म विपरीत कार्य गर्यो : मदनकुमारी साह
-
चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री
-
बागमती नदीमा सशस्त्र प्रहरीको जल उत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण