शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
राप्रपा केन्द्रीय समिति बैठक

राजेन्द्र लिङ्देनले बोलाएको बैठकमा को–को गएनन् ?

शुक्रबार, ०५ असार २०८३, १४ : ४४
शुक्रबार, ०५ असार २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय समिति बैठकमा तीन पूर्वअध्यक्षसहित दर्जनौँ पदाधिकारी तथा केन्द्रीय सदस्य अनुपस्थित भएका छन्।
  • बैठकमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापा, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्तीकुमारी शाही लगायतका नेताहरू सहभागी भएनन्।
  • केन्द्रीय सदस्य जनकराज पाठकले अध्यक्ष लिङ्देनले असम्बन्धित व्यक्तिहरूलाई बैठकमा बोलाएको विषयमा असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको बताएका छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय समिति बैठकमा पार्टीका तीन पूर्वअध्यक्षसहित दर्जनौँ पदाधिकारी तथा केन्द्रीय सदस्य अनुपस्थित भएका छन्।

केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार बैठकमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापा उपस्थित भएनन्। त्यसैगरी उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्तीकुमारी शाही, सहमहामन्त्रीहरू रविन्द्रप्रताप शाह र रिना गुरुङ, सहायक महामन्त्रीहरू प्रेम बलायर र ऋषिराज देवकोटा तथा सहायक प्रवक्ता प्रविण थोकर पनि बैठकमा सहभागी भएनन्।

बैठक बहिष्कार गर्नेमा बागमती प्रदेश अध्यक्ष विक्रमबहादुर थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय तथा कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही पनि रहेका छन् । यस्तै, कार्यसम्पादन समिति सदस्यहरू जयन्त चन्द, अर्जुन राई र हरिबहादुर बस्नेत पनि बैठकमा अनुपस्थित रहे ।

निर्वाचित केन्द्रीय सदस्यहरू पाठकसहित गोपाल पौडेल, नानु नगरकोटी, निरन्जन थापा मञ्जु कार्की, वसन्त शाही, शिवशंकर यादव, बबिता शाही, सूर्यबहादुर सिंह, दीपक खनाल, दीपककुमार मल्ल, सत्यबहादुर शाही, आङनिमा शेर्पा, लालकुमार लामा, भरत पाठक, केदार कोइराला, उमा थापा, इनु अधिकारी, गंगामाया तामाङ, कुलबहादुर गुरुङ, पूजा राणा, गोविन्द खडायत, राधेश्याम साह, वीरेन्द्रलाल कर्ण, सुनिल साह, जगत गौचन, राजाराम श्रेष्ठ, भोला साह र समृद्धि राणा पनि बैठकमा सहभागी नभएको जनाइएको छ।

केन्द्रीय सदस्य पाठकले अध्यक्ष लिङ्देनले असम्बन्धित व्यक्तिहरूलाई समेत बैठकमा बोलाएको विषयप्रति असन्तुष्टि जनाउँदै आफूहरु बैठकमा नगएको बताए । 

राप्रपाको केन्द्रीय समिति बैठक चलिरहेकै बेला पार्टीभित्रको यो असन्तुष्टि सार्वजनिक भएको हो। केही साताअघि महामन्त्री धवलशमशेर राणाले समेत पार्टी परित्याग गरेका थिए । अहिले पनि नेताहरुले बैठक बहिस्कार गरेका हुन् । बैठक बहिस्कारका बिच लिङ्देनको नेतृत्वमा राजधानीमा शुक्रबार बैठक चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप