शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बलिउड गायक अभिजित भट्टाचार्य काठमाडौँमा

शुक्रबार, ०५ असार २०८३, १७ : ०६
शुक्रबार, ०५ असार २०८३

सारांश

  • बलिउड गायक अभिजित भट्टाचार्य एकल साङ्गीतिक प्रस्तुति दिन काठमाडौँ आइपुगेका छन् ।
  • उनले शनिबार राति ठमेलस्थित नोभा क्लबमा हुने कार्यक्रममा ९० को दशकका लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
  • यो अभिजितको नेपालमा पहिलो एकल साङ्गीतिक प्रस्तुति भने हो ।

काठमाडौँ । बलिउड गायक अभिजित भट्टाचार्य नेपाल आएका छन् । एकल साङ्गीतिक प्रस्तुति दिन उनी शुक्रबार काठमाडौँ आइपुगेका हुन् । शनिबार राति काठमाडौँको ठमेलस्थित नोभा क्लबमा आयोजना हुने ‘अभिजित भट्टाचार्य लाइभ इन नेपाल’ कार्यक्रममा उनले सन् ९० को दशकका आफ्ना लोकप्रिय तथा सदाबहार गीतहरू प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा उनले वादा रहा सनम, तुम्हे जो मैंने देखा, मैँ कोई ऐसा गीत गाऊँ, और क्या, बड़ी मुश्किल है, तुम दिल की धड़कन में रहते हो, लम्हा लम्हा, तौबा तुम्हारे ये इशारे, चाँद तारे तोड लाऊँ, कभी यादों में आऊँ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।

अभिजित भट्टाचार्य यसअघि पनि धेरै पटक नेपाल आइसकेका छन्, तर उनको  एकल साङ्गीतिक प्रस्तुति भने पहिलो पटक हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप