रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछानेकै नेतृत्व अपरिहार्य छ: रञ्जु न्यौपाने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन् ।
- उनले पार्टीको सङ्गठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशनमा लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरेकी हुन् ।
- न्यौपानेले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि मात्र पदाधिकारीका लागि अघि बढ्ने जानकारी दिइन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन् ।
शुक्रबार सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको सङ्गठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरेकी हुन् ।
सांसद न्यौपानेले चितवनमा आयोजना हुने पार्टीको महाधिवेशनलाई देश–विदेशबाट निकै चासोका साथ हेरिएको बताइन् । महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा स्पष्ट पार्दै उनले सुरुमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र त्यसपछि मात्र पदाधिकारीका लागि अघि बढ्ने जानकारी दिइन् ।
आफ्नो राजनीतिक धारणा र उम्मेदवारीबारे स्पष्ट पार्दै उनले भनिन्, ‘महाधिवेशन कुनै पनि राजनीतिक दलको दिशा र नीति तय गर्ने महत्त्वपूर्ण माध्यम हो । सङ्गठनलाई अझ बलियो बनाउन पहिलो महाधिवेशनमा रवि लामिछाने नै सभापति हुनुपर्छ भन्ने मेरो व्यक्तिगत र राजनीतिक बुझाइ छ । पदाधिकारी बन्नका लागि पहिला केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने वैधानिक प्रक्रिया छ, त्यसैले म सुरुमा केन्द्रीय सदस्यमै लड्छु ।’
पार्टीभित्रको आन्तरिक असन्तुष्टि र सामाजिक सञ्जालमा भइरहेका विभिन्न टीकाटिप्पणीका विषयमा बोल्दै उनले रास्वपाप्रतिको बढ्दो जनआकर्षणका कारण यस्ता वहस र छलफल हुनु स्वाभाविक भएको उल्लेख गरिन् । पार्टी विभाजन हुन लागेको भन्ने बजारका हल्ला र सम्भावनालाई पूर्ण रूपमा नकार्दै उनले नेतृत्व तहबाट त्यस्ता गतिविधिमा कुनै पनि किसिमको समर्थन नरहेको प्रस्ट पारिन् ।
महाधिवेशनको तयारी र सुरक्षा व्यवस्थाका बारेमा जानकारी दिँदै न्यौपानेले विभिन्न उपसमितिहरू तीव्र रूपमा क्रियाशील रहेको र आफू स्वास्थ्य उपसमितिमा रहेर जिम्मेवारीपूर्वक काम गरिरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकारी निकायले अख्तियारलाई ‘निर्देशन’ दिन मिल्छ ?
-
कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’
-
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते
-
‘टोल टोलमा फिल्म महोत्सव’ सुरु
-
कागजातका आधारमा मात्र जाँचपास गरेको पुष्टि, रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बित
-
बैतडीमा बस दुर्घटना अपडेट : ९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण