नेकपा सांसद विकको प्रश्न : धर्मनिरपेक्षता विरुद्ध संसदमा धार्मिक भजन र गीता किन राखियो ?
सारांश
- नेकपा सांसद पार्वती विकले संसदभित्र श्रीमद्भागवत गीता राखिएको र बैठक सुरु हुनुअघि धार्मिक भजन बजाउने गरिएको विषयमा प्रश्न उठाएकी छन् ।
- सांसद विकले यस्ता कार्य धर्मनिरपेक्षताको मर्म विपरीत भएको र यसले धेरै सांसदलाई चित्त नबुझ्न सक्ने बताइन् ।
- उनले भजनको सट्टा राष्ट्रप्रेम र राष्ट्रभक्तिले भरिएका गीतहरू बजाउनुपर्ने सुझाव दिँदै संसद् जस्तो गरिमामय थलोमा कुनै एक धर्म विशेषका ग्रन्थ वा भजनको प्रयोग न्यायोचित नहुने तर्क गरिन् ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले संसदभित्र भइरहेका केही गतिविधिहरू धर्मनिरपेक्षताको मर्म विपरीत रहेको भन्दै सरकार र संसद् सचिवालयको ध्यानाकर्षण गराएकी छन् ।
शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले ‘पिजन हल’ मा श्रीमदभागवत गिता राखिएको र संसद् बैठक सुरु हुनुअघि धार्मिक भजन बजाउने गरिएको विषयमा प्रश्न उठाएकी हुन् ।
‘पिजन हलमा भागवत गिता राखिनु र बैठक सुरु हुनुअघि भजनको ध्वनि गुन्जिनु कतै धर्मनिरपेक्षता विरुद्धको ‘ट्रायल’ त होइन ?,’ सांसद विकले भनिन् ।
यस्तो विषय धेरै सांसदलाई चित्त नबुझ्ने पनि उनले भनिन् । ‘यो के ट्रायल गर्न खोजिएको हो ? म यो संसद्लाई जानकारी गराउन चाहन्छु कि यस्ता कार्यले धेरै माननीय सदस्यहरूलाई चित्त नबुझ्न सक्छ ।’
सांसद विकले संसद्को बैठक सुरु हुनुभन्दा अगाडि भजनभन्दा धार्मिक भजनको सट्टा राष्ट्र प्रेम र राष्ट्रभक्तिले भरिएका गीतहरू बजाउन उपयुक्त हुने सुझाव दिइन् । उनले भनिन्– ‘यदि यहाँ राष्ट्रभक्तिका गीत रचना गर्ने कलाकारहरूको स्वर गुन्जिएको भए हामी सांसदहरूमा राष्ट्रप्रेमी भावना अझ प्रगाढ हुने थियो ।’
संसद्को नियमावली र संवैधानिक मर्यादाको ख्याल राख्न आग्रह गर्दै उनले संसद् जस्तो साझा र गरिमामय थलोमा कुनै एक धर्म विशेषका ग्रन्थ वा भजनको प्रयोग गर्नु न्यायोचित नहुने तर्क गरिन् ।
सांसद विकले संसद्को अभिमुखीकरण कार्यक्रम संसद् हलभित्रै गराउने सन्दर्भमा पनि नियमावलीले अनुमति दिन्छ कि दिँदैन भनी जिज्ञासा राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी हस्तान्तरण
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण