झलनाथले प्रतिक्रियावादीको आडमा पार्टीभित्र कलह पैदा गरेको प्रचण्डको आरोप
सारांश
- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादी शक्तिसँग मिलेर वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र कलह पैदा गरेको आरोप लगाएका छन्।
- प्रचण्डले खनालको गतिविधिप्रति असन्तुष्टि पोख्दै केही साथीहरू साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूको योजनामा लागेको बताए।
- खनालले प्रचण्ड र माधव नेपालले पार्टीको नेतृत्व गर्न नसक्ने आशयसहित ३६ बुँदे आरोप पत्र बुझाएका थिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिसँग मिलेर वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र कलह पैदा गरेको आरोप लगाएका छन्।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण शुभारम्भ कार्यक्रममा प्रचण्डले खनालको गतिविधिप्रति असन्तुष्टि पोखेका हुन्।
‘कतिपय मानिसबाट पार्टी नीति, नेतृत्व कमजोर पार्ने षड्यन्त्र भइरहेको छ । जानेर वा नजानेर हाम्रा कतिपय साथीहरू साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूको योजनामा निराशा बाँढ्न थालेका छन्। भ्रम सिर्जना गर्न थालेका छन्’, उनले भने, ‘ फेरि एक पटक वामपन्थी र कम्युनिस्ट शक्तिहरू मिलेर जानुपर्ने अवस्था छ। एमाले, कांग्रेस, जसपा नेपाल लगायत दलहरूसँग छलफल गरिराखेका छौँ । अहिले निराशा बाँढ्ने होइन । आगामी महाधिवेशनबाट नै सबै कुरा हल हुने विश्वास लिएको छु।’
पूर्वप्रधानमन्त्री रहेका खनालले प्रचण्ड र माधव नेपालले पार्टीको नेतृत्व गर्न नसक्ने आशयसहित ३६ बुँदे आरोप पत्र बुझाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लबद्वारा हस्तान्तरण
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
रास्वपा सांसद नै नभएको राष्ट्रियसभा किन ११ गतेसम्म स्थगित भयो ?
-
समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा
-
ललितपुरमा फोहरमैला व्यवस्थापनका लागि जीपीएस प्रणाली
-
बलिउड गायक अभिजित भट्टाचार्य काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण