किन अचानक गिर्यो एलन मस्कको स्पेसएक्सको सेयर ?
काठमाडाैँ । आईपीओपछिको प्रारम्भिक उत्साह कमजोर बन्दै जाँदा एलन मस्कको कम्पनी स्पेसएक्सको कम्पनीको सेयर मूल्य बिहीबार ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
एलन मस्कको अन्तरिक्ष तथा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित कम्पनीको सेयर ६.५ प्रतिशतले घटेर १७८.५० डलरमा पुगेको छ । यद्यपि यो अझै पनि १३५ डलरको प्रारम्भिक बिक्री मूल्यभन्दा ३० प्रतिशतभन्दा बढी माथि छ।
सेयर मूल्यमा आएको गिरावट कायम रहे कम्पनीको बजार मूल्य करिब १५० अर्ब डलरले घट्ने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार ऐतिहासिक आईपीओ र सुरुवाती तीव्र वृद्धिपछि लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न थालेकाले यस्तो गिरावट देखिएको हो ।
गत साता नास्ड्याकमा सूचीकृत भएपछि स्पेसएक्सको मूल्याङ्कन २ ट्रिलियन डलर नाघेको थियो । तर कम्पनीले एआई विस्तारका लागि ठुलो लगानी योजना अघि बढाएसँगै यसको उच्च मूल्याङ्कन टिकाउ हुने वा नहुने विषयमा लगानीकर्ताहरूले पुनर्मूल्याङ्कन गर्न थालेका छन् ।
यसैबिच स्पेसएक्सले लोकप्रिय एआई कोडिङ प्लेटफर्म ‘कर्सर’ विकास गर्ने कम्पनी एनिस्फियरलाई ६० अर्ब डलर बराबरको सेयरमार्फत खरिद गर्ने घोषणा गरेको छ।
साथै कम्पनीले आफ्नो एआई विस्तार योजनाका लागि कम्तीमा २० अर्ब डलरको ऋणपत्र बिक्री गर्ने तयारीसमेत गरिरहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
ललितपुरमा घर बनाउन कडा नियम : सेप्टिक ट्याङ्कदेखि दुई रुखसम्म
-
वीरगञ्जको बाल सुधार गृहबाट फरार भएका दुई बालक डेढ घण्टामै सीमा क्षेत्रबाट पक्राउ
-
स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लबद्वारा हस्तान्तरण
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
रास्वपा सांसद नै नभएको राष्ट्रियसभा किन ११ गतेसम्म स्थगित भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण