एसियाली करातेमा एरिकालाई कांस्य
शनिबार, ०६ असार २०८३, ०६ : ५२
सारांश
- एरिका गुरुङले २२ औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कांस्य पदक जितेकी छन् ।
- एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा कांस्य जितेकी हुन् ।
- इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा उनले काजकिस्तानकी खेलाडीलाई ११–२ ले पराजित गरिन् ।
काठमाडौँ । एरिका गुरुङले २२ औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कांस्य पदक जितेकी छन् ।
एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।
इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले काजकिस्तानकी खेलाडीलाई ११–२ ले पराजित गर्दै कांस्य जितेकी हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण