फिफा विश्वकप २०२६
टर्की र पाराग्वेबीच खेल सुरु, दुवै टोली पहिलो अंकको खोजीमा
शनिबार, ०६ असार २०८३, ०८ : ४५
सारांश
- फिफा विश्वकप २०२६ को समूह चरणमा टर्की र पाराग्वेबीचको खेल सुरु भएको छ।
- पहिलो खेलमा पराजित भएका दुवै टोली समूह चरणमा आफ्नो सम्भावना कायम राख्न पहिलो अंक जोड्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
- टर्कीले अस्ट्रेलियासँग २-० र पाराग्वेले अमेरिकालाई ४-१ ले गुमाएपछि आजको खेल जित्नैपर्ने दबाब दुवै टोलीमाथि छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल सुरु भएको छ।
टर्की र पाराग्वे दुवै टोली पहिलो खेलमा पराजित भएका कारण आजको खेल उनीहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। दुवै टोलीले समूह चरणमा आफ्नो सम्भावना कायम राख्न पहिलो अंक जोड्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
टर्कीले पहिलो खेलमा अस्ट्रेलियासँग २–० को हार बेहोरेको थियो भने पाराग्वे आयोजक अमेरिकासँग ४–१ ले पराजित भएको थियो। त्यसैले आजको खेल जित्नैपर्ने दबाब दुवै टोलीमाथि रहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण