नेपालको विद्युत् निर्यातबारे बङ्गलादेशमा चर्चा
सारांश
- बङ्गलादेशमा नेपाली दूतावासले नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यातबारे कार्यक्रम आयोजना गर्यो ।
- कार्यक्रममा नेपालका ऊर्जा मन्त्रीले सन् २०२४ मा सुरु भएको विद्युत् निर्यात स्मरण गर्दै सहकार्य विस्तारमा जोड दिए ।
- बङ्गलादेशका सांसद र अधिकारीले नेपालसँग ऊर्जा सहकार्य विस्तारमा उत्सुकता व्यक्त गर्दै यसको महत्वमाथि प्रकाश पारे ।
काठमाडौँ । बङ्गलादेशमा रहेको नेपाली दूतावासले नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यातका विषयमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बङ्गलादेशका सरोकारवाला मन्त्रालयका अधिकारी, सांसदलगायत ऊर्जा तथा विद्युत् क्षेत्रका प्रमुख सरोकारवालाहरू, राजनीतिज्ञ, उच्च सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ताहरू, दूतावासका अधिकारीहरूको उपस्थिति थियो ।
सो कार्यक्रममा अन्तरदेशीय विद्युत् व्यापारको महत्वलाई उजागर गर्नु र दुई देशबिच ऊर्जा सहकार्यको बढ्दो सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा भर्चुअलमार्फत नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्बोधन गरेका थिए । उनले सन् २०२४ मा सुरु भएको ऐतिहासिक विद्युत् निर्यातलाई स्मरण गर्दै निकट भविष्यमा यो ऊर्जा सहकार्यलाई अझै विस्तार गर्ने बताएका थिए । उनले नेपाल र बङ्गलादेशबिच दीर्घकालीन ऊर्जा साझेदारी निर्माणका लागि वृहत् सामूहिक प्रयासको आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।
बङ्गलादेशका सांसद अब्दुल मोइन खानले यसवर्ष पुनः नेपालबाट विद्युत् आउने भएकोमा खुसी व्यक्त गर्दै नेपालसँग ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्न बङ्गलादेश उत्सुक रहेको बताए । उनले भविष्यमा समन्वयात्मक क्षेत्रीय ऊर्जा रणनीति र निर्बाध विद्युत् सहकार्यको मार्ग प्रशस्त हुने आशा व्यक्त गरे ।
बङ्गलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका अतिरिक्त सचिव के.एम.अली रेजाले ऊर्जाको क्षत्रेमा नेपाल र बङ्गलादेशको बिचमा सहकार्य गर्ने अपार सम्भावना रहेको र यस क्षेत्रमा दुवै देश अघि बढिसकेको बताए । यो साझा दृष्टिलाई अगाडि बढाउन नेपाल र अन्य क्षेत्रीय साझेदारहरूसँग मिलेर काम गर्न बङ्गलादेश तयार रहेको उनले बताए ।
बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेशबिच रहेको बहुआयामिक सम्बन्धको बारेमा चर्चा गरे । विद्युत् निर्यात सुरुवात केवल एक आर्थिक अवसर मात्र नभई दुवै देशको हरित र दिगो भविष्यप्रतिको साझा प्रतिबद्धता भएको उल्लेख गर्दै उनले बङ्गलादेशको बढ्दो ऊर्जा माग र नेपालको अपार जलविद्युत् क्षमतालाई दर्साएको बताए । यो ऊर्जा साझेदारी प्राकृतिक र दुवै पक्षका लागि लाभदायक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण