उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
थाइल्याण्ड । उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई कामदारको मृत्यु भएको छ भने कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना शनिबार चियाङ राई प्रान्तस्थित तीन दशमलव चार किलोमिटर लामो दोई लुआङ सुरुङमा भएको हो ।
उक्त सुरुङ डेन चाइ–चियाङ राई–चियाङ खोङ रेलमार्ग परियोजनाअन्तर्गत निर्माणाधीन छ । सुरुङभित्र जलरोधक संरचना जडान गर्ने क्रममा भारी उपकरण खस्दा दुई कामदारको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएको जनाइएको छ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट कामदार सुरुङभित्र वाटरप्रूफिङ जडानकार्यमा सङ्लग्न रहेको देखिएको छ । दुर्घटनापछि थाइल्याण्डको राज्य रेलवेले घटनास्थलमा दुई दिनका लागि निर्माणकार्य स्थगित गरेको छ ।
संरचनाको अवस्था निरीक्षण गर्न तथा दुर्घटनाको कारण पत्ता लगाउन विज्ञ र सम्बन्धित निकायलाई परिचालन गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर
-
मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन : प्रधानमन्त्री शाह
-
पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
-
जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ : गगन थापा
-
पाकिस्तानी मध्यस्थकर्ताहरूसँगको भेटमा नेतन्याहुसम्बन्धी प्रश्नमा भान्स मौन
-
सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण