रास्वपा महाधिवेशन
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
आइतबार, ०७ असार २०८३, १८ : ०१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतका आन्दोलनलाई तिरस्कार गर्ने साहस आफूहरूमा नभएको बताएका छन् ।
- उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेर अगाडि बढ्ने बताए ।
- उनले शक्ति पृथकीकरणको सिद्धान्त, संविधान र संविधानमा उल्लेख भएको व्यवस्था कार्यान्वयनमा लाग्ने समेत बताए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसभन्दा अगाडि भएका आन्दोलनलाई तिरस्कार गर्ने साहस आफूहरूमा नभएको बताएका छन् ।
आइतबार चितवनमा पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सभापति लामिछानेले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेर अगाडि बढ्ने बताए ।
‘हामीले यसभन्दा अगाडिका आन्दोलनलाई तिरस्कार गर्दैनौ । तिरस्कार गर्ने आट हामीमा छैन,’ सभापति लामिछानेले भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न हामी लागिरहने छौँ । ’
उनले शक्ति पृथकीकरणको सिद्धान्त, संविधान र संविधानमा उल्लेख भएको व्यवस्था कार्यान्वयनमा लाग्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीमा दाबी विरोध र नाम समावेशका लागि आह्वान
-
पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउन सक्ने छैन : लामिछाने
-
सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण