लुम्बिनी प्रदेशको बजेटमाथि आजदेखि छलफल
सारांश
- लुम्बिनी प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।
- आठौँ अधिवेशनको दशौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ।
- यस बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेटमाथि प्रस्ताव पेस गर्नेछन् र सांसदहरूले धारणा राख्नेछन्।
रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ।
आठौँ अधिवेशनअन्तर्गत बस्न लागेको यो दशौँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय भएको छ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि प्रदेश सभाका सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ मन्त्री कार्कीले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ। यसैगरी, आजको बैठकमा मन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समेत सभामा पेस गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण