फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
काठमाडौँ । फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति सम्मको बक्स अफिस रिपोर्टअनुसार फिल्मले १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ५७ हजार १३२ जनाले हेरेका छन् ।
शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असर समेत देखाएको फिल्म विनोद पौडेलले निर्माण गरेका हुन् ।
मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्ममा बाल–कलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् ।
त्यस्तै, ‘कुम्भ’ ले ४ लाख २८ हजार ८८५ रुपैयाँ ग्रस कमाएको छ । फिल्मलाई १ हजार ८१५ जनाले हेरेका छन् । अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको ‘कुम्भ’ रणधीर श्रेष्ठले निर्देशन गरेका हुन् ।
‘रोल नं १’ र ‘कुम्भ’ एकै मितिमा प्रदर्शनमा आएका फिल्म हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण