एसईई पुनर्योगको नतिजा सार्वजनिक
सोमबार, ०८ असार २०८३, २० : ०९
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले सोमबार आठौँ चरणको नतिजा सार्वजनिक गरेको हो । वोर्डका अनुसार ३० जना परीक्षार्थीहरूको नतिजा परिवर्तन भएको छ ।
आठौँ चरणको पुनर्योग परीक्षामा जम्मा ४६८ जना परीक्षार्थीहरूको नतिजा सार्वजनिक गरिएको हो । बोर्डले नतिजामा परिवर्तन भएका विद्यार्थीहरूलाई आफ्नो संशोधित ग्रेडसिट लिनका लागि आवश्यक प्रक्रिया पुर्याएर सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वैशाख २५ गते सार्वजनिक गरेको थियो । नतिजा अनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण