थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सञ्चालित संस्थागत (निजी) विद्यालय सञ्चालकहरु थप कक्षा सञ्चालनका लागि अनुमति दिन माग गर्दै आन्दोलित बनेका छन् ।
निजी विद्यालय सञ्चालकहरूले असार ५ गते गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै ४८ घण्टाभित्र थप कक्षा सञ्चालनको अनुमति दिन माग गरेका थिए ।
माग पूरा नभए गाउँपालिकाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका उनीहरूले विद्यालयका शिक्षक र निर्दोष बालबालिकाहरूलाई सडकमा उतारेर नगर परिक्रमा गराएको सो गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । जवकि बालबालिकालाई आन्दोलनमा प्रयोग गर्नु गैरकानुनी मानिन्छ ।

निजी विद्यालय सञ्चालकहरुको मागलाई सम्बोधन गर्नेगरी गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष कुमार रायको संयोजकत्वमा शिक्षा विकास तथा समन्वय एकाइ र शिक्षक महासंघका प्रतिनिधिहरू सदस्य रहेको एक समिति बनाइसकेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । तर पनि यो बिचमा समेत बालबालिका र शिक्षकहरुलाई समेत प्रयोग गरेर गाउँपालिकामा असहज स्थिति पैदा गराउने कार्य भइरहेको गाउँपालिकाको भनाइ छ ।

गाउँपालिका अध्यक्ष चौधरीले आन्दोलनमा उत्रिएका प्राय: निजी विद्यालयको भौतिक संरचना 'संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९' अनुसार नभएको अनुगमनको क्रममा पाइएको बताए । 'धेरैजसो विद्यालयको भवनको नक्सा पास छैन, सार्वजनिक विद्यालयदेखि हुनुपर्ने दुरीको पालना गरिएको छैन र अन्य प्राविधिक मापदण्डहरू पनि शून्य छन्,' उनले भने । यही कारण अनुमति दिन ढिलाइ भएको उनको भनाइ छ । तर राजनीतिक आवरणमा विद्यार्थीहरुसमेत प्रयोग गरेर आफूहरुलाई अनावश्यक दबाब दिन खोजिएको गाउँपालिकाको भनाइ छ ।

उसो त उक्त गाउँपालिकाका सञ्चालित केही संस्थागत विद्यालय गैरकानुनी रुपमा सञ्चालित रहेको भन्दै यसअघि अख्तियारमा उजुरी समेत परेको थियो । उक्त उजुरीमाथि अहिले पनि अख्तियारको इटहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण