फिफा विश्वकप २०२६
जोडर्नविरुद्ध अल्जेरियाले फर्कायो गोल, खेल रोमाञ्चक मोडमा
मङ्गलबार, ०९ असार २०८३, १० : २०
सारांश
- फिफा विश्वकप २०२६ को छनोट खेलमा जोर्डन र अल्जेरियाबीचको खेल १-१ को बराबरीमा पुगेको छ।
- पहिलो हाफको ३६औं मिनेटमा निजार अल-राशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए।
- दोस्रो हाफको ६९औं मिनेटमा अल्जेरियाका न। बेनबाउलीले गोल फर्काउँदै खेल १-१ को बराबरीमा ल्याए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा जोर्डन र अल्जेरियाबीचको खेल १–१ को बराबरीमा पुगेको छ। खेलको ६९औँ मिनेटसम्म दुवै टोलीले एक–एक गोल गर्दै प्रतिस्पर्धा बराबरीमा राखेका हुन्।
पहिलो हाफमै जर्डनले अग्रता लिएको थियो। खेलको ३६औँ मिनेटमा जर्डनका निजार अल–राशदान ले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। उक्त गोलमा मौसा अल–तामारी ले असिस्ट गरेका थिए।

तर दोस्रो हाफमा अल्जेरियाले खेलमा पुनः फर्कने प्रयास सफल बनायो। ६९औँ मिनेटमा अल्जेरियाका न। बेनबाउली ले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
खेल अहिले पनि जारी छ र दुवै टोलीले समूह चरणमा महत्वपूर्ण अंकका लागि आक्रामक खेल प्रदर्शन गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण