बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
पाैडेल पक्राउपछि आकस्मिक बैठक

च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक

मङ्गलबार, ०९ असार २०८३, १४ : २५
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • नेकपा एमाले संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसाे सुरु भएको छ ।
  • पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो ।
  • बैठकमा आगामी दिनमा एमालेले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसाे सुरु भएको छ । 

पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो । अध्यक्ष केपी शर्मा ओली समेत सहभागी बैठकमा आगामी दिनमा एमालेले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टीको चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलनका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। 

सम्पत्ति शुद्धीकरण विभागको पत्रको आधारमा पक्राउ परेका पौडेललाई मङ्गलबार बिहान काठमाडौँ ल्याइएको छ । 

पौडेललाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको एमालेको आरोप छ । पौडेल पक्राउको राजनीतिक रूपमा प्रतिरोध गर्ने एमाले नेताहरूले बताइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप