कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारेका छन् ।
- उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको र पुराना तथा नयाँ साथीहरूलाई योग्यता अनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको बताए ।
- महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको आर्थिक भार कम गर्न प्रतिनिधि शुल्कलाई ऐच्छिक बनाउने र मतभेदलाई छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा उनले जोड दिए ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पारेका छन् ।
चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई मङ्गलबार सम्बोधन गर्दै उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताए ।
लामिछानेले पुराना र नयाँ सबै साथीहरूलाई आफ्नो योग्यता र क्षमता अनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको उल्लेख गरे । पार्टीले कसलाई भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको भन्दै उनले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्न आग्रह गरे । रास्वपा 'ह्वीप' भन्दा पनि 'विवेक' ले चल्ने पार्टी भएको उनले दाबी गरे ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको आर्थिक भारलाई कम गर्न लामिछानेले प्रतिनिधि शुल्कलाई ऐच्छिक बनाउने घोषणा समेत गरे ।
पार्टीले तोकेको ५ हजार रुपैयाँ शुल्क तिर्न नसक्ने वा नचाहनेहरूले तिर्नु नपर्ने र तिरिसकेकाले पनि फिर्ता चाहेमा त्यसको व्यवस्था मिलाउन उनले निर्देशन दिए । प्रतिनिधिहरूलाई आर्थिक समस्याका कारण मतदान प्रक्रियाबाट बाहिरिनु पर्ने अवस्था आउन नदिने उनले प्रतिबद्धता जनाए ।
पार्टीभित्रका मतभेद र असन्तुष्टिलाई सडकमा लैजानुको साटो छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा लामिछानेले जोड दिए । उनले निर्वाचनका क्रममा प्यानल बनाएर वा समूहगत रूपमा प्रचार गर्ने कार्यलाई निरुत्साहित गरे । 'एक रास्वपा, एक घण्टी' को भावना अनुसार अघि बढ्न आग्रह गर्दै उनले स्वस्थ प्रतिस्पर्धाबाटै पार्टी परिपक्व हुने बताए ।
बन्दसत्रमा विभिन्न साङ्गठनिक र आर्थिक प्रतिवेदनहरूका साथै सभापतिको तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने र त्यसमाथि छलफल भएपछि मात्र निर्वाचन प्रक्रिया सुरु हुने उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण