मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती

मङ्गलबार, ०९ असार २०८३, २१ : १३
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद चुनौतीका रूपमा रहेको खुलासा गरेका छन् ।
  • उनले पार्टी स्थापनाको चार वर्ष पुगे पनि संस्थागत राजनीतिक दलमा रूपान्तरण हुन नसकेको स्वीकार गरेका छन् ।
  • निर्णय प्रक्रियामा मतभेद, गुटगत मनोवृत्ति, व्यक्तिगत प्रभाव र व्यक्ति-केन्द्रित सोचले सङ्गठनात्मक एकतालाई चुनौती दिएको लामिछानेले बताएका छन् ।

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले पार्टीका पार्टीभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद चुनौतीका रूपमा रहेको खुलासा गरेका छन् । 

चितवनमा जारी पहिलो महाधिवेशनमा मंगलबार पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले पार्टी स्थापना पाएको चार वर्ष पुगे पनि विभिन्न कारणले राष्ट्रिय स्वतन्त्र पार्टी अझै पनि राजनीतिक अभियानबाट संस्थागत राजनीतिक दलमा रूपान्तरण भइनसकेको स्वीकार गरेका छन् ।

साथै जनमतबाट खासदार सम्बन्धी आधार त तय भए पनि दीर्घकालीन राजनीतिक शक्तिको आधार लोकतान्त्रिक मूल्यमान्यतामा हुन जरुरी रहेकोमा जोड दिएका छन् । 

त्यसका लागि वैचारिक स्पष्टता, विधिमा आधारित नेतृत्व विकास र प्रभावकारी सङ्गठनात्मक संरचना अपरिहार्य भएको भन्दै उनले केन्द्रीदेखि स्थानीय तहसम्म जिम्मेवारी, उत्तरदायित्व र अनुशासनमा आधारित सङ्गठन निर्माणमा विभिन्न चुनौतीहरू देखिएको स्वीकार गर्नुपर्ने बताएका छन् ।

‘निर्णय प्रक्रियाका लागि पार्टीभित्र नयाँ र पुरानाबिच मतभेद देखिने प्रवृत्ति, गुटगत मनोवृत्ति, व्यक्तिगत प्रभाव विस्तारको प्रवृत्ति र व्यक्ति–केन्द्रित सोचले सङ्गठनात्मक एकता र विश्वासलाई चुनौती दिइरहेको छ’, लामिछानेले आफ्नो प्रतिवेदन भनेका छन्, ‘जुनसुकै भए पनि हामी एउटै राजनीतिक दिशामा हौँ भन्ने भावनाका साथ सहकार्य र सम्मानको संस्कार विकासमा पनि कमजोरी देखिएको छ । ’ 

लामिछानेले सामूहिक नेतृत्वभन्दा योग्य तथा प्रतिबद्ध सदस्यहरूलाई निष्क्रिय बनाउने गुनासो रहेको भन्दै प्राविधिक योग्यताका आधारमा विशेष अधिकार खोज्ने र आफूखुसी निर्णय हुन सक्ने भन्दै एउटा व्यक्तिलाई पार्टीमा आज्ञाकारिता खोज्ने प्रवृत्ति देखिएकोमा असन्तुष्टि जनाएका छन् । 

‘नियमित बैठक, संवाद र समन्वयको अभावमा सम्बन्धहरूमा निराशा र निष्क्रियता बढ्ने जोखिम पनि छ । साथै विभिन्न व्यक्तिमा केन्द्रित होला कि भन्ने चिन्ता पनि देखिएको छ’, सभापति लामिछानेले भनेका छन् ।

पहिलो महाधिवेशनपछि पार्टीमा पुग्ने समूह भन्ने र निर्णय स्वार्थका लागि मैदान खोज्ने काम सधैँका लागि बन्द हुनुपर्ने भन्दै उनले अभियानमा मेहनत गर्नेभन्दा पदका लागि दौडिने, प्रक्रियाभन्दा पहुँचमा आधारित हुने, प्रशिक्षण, मार्गदर्शन र राजनीतिक संस्कार निर्माणलाई पछाडि पार्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको बताएका छन्।

‘साझा विचार, मुद्दा केन्द्रित र सुशासनमुखी अभियानलाई अब हाम्रो प्राथमिकताका साथ अघि बढाउनुपर्छ’, लामिछानेको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप