सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
बुधबार, १० असार २०८३, ११ : १४
काठमाडौं । औषधि व्यवस्था विभागले बजारमा सेरोफ्लो रोटाक्याप नामक औषधिको नक्कली संस्करण फेला परेको भन्दै सचेत रहन अपील गरेको छ ।
विभागले बुधबार एक सूचना जारी गर्दै भारतको सिक्किमस्थित सिप्ला लिमिटेडले उत्पादन गरेको श्वासप्रश्वास सम्बन्धी यो औषधिको नक्कली प्रतिलिपि बिक्री वितरण भइरहेको जनाएको हो । विभागले सम्पूर्ण चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
विभागले औषधिको सक्कली र नक्कली विवरण यकिन गरेर मात्र सिफारिस, बिक्री वितरण तथा प्रयोग गर्न ध्यानाकर्षण गराएको छ ।
विभागका अनुसार सक्कली र नक्कली औषधि पहिचान गर्न प्याकेजिङमा रहेका केही सूक्ष्म भिन्नताहरू हेर्नुपर्ने हुन्छ । सेरोफ्लो रोटाक्याप दमको उपचारमा प्रयोग हुने औषधि हो ।
_TFZUil2YLt.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण