बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

अभिनेत्री सामन्था गर्भवती, अभिनयबाट छोटो ब्रेक लिँदै

बिहीबार, ११ असार २०८३, १२ : १५
बिहीबार, ११ असार २०८३

सारांश

  • अभिनेत्री सामन्था रुथ प्रभुले आफू गर्भवती भएको पुष्टि गरेकी छिन् ।
  • उनले मातृत्वका लागि अभिनयबाट छोटो ब्रेक लिने बताएकी छिन् ।
  • सामन्थाको नयाँ फिल्म 'मा इन्टी बंगारम' ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ ।

हैदराबाद । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले आफू गर्भवती भएको आधिकारिक रूपमा पुष्टि गरेकी छिन् । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा उनका भिडियोहरू भाइरल भएपछि उनी गर्भवती भएको हो कि भनेर अड्कलबाजी चलिरहेका थिए । 

बुधबार राति उनकी नयाँ फिल्म ‘मा इन्टी बंगारम’ को ‘थ्याङ्क्स मिट’ कार्यक्रममा सामन्थाले मिडिया र प्रशंसकहरूसँग खुसीको खबर साझा गरेकी हुन् । कार्यक्रममा उनले मुस्कुराउँदै आफूले मातृत्वका लागि सानो ब्रेक लिन लागेको भनेकी थिइन् ।

उनको यो अभिव्यक्तिपछि कार्यक्रममा उपस्थित पत्रकार तथा प्रशंसकहरूले बधाई दिएका थिए। सामाजिक सञ्जालमा पनि उनका समर्थकहरूले शुभकामना र बधाईको ओइरो लगाएका छन् । भाइरल भिडियोहरूमा सामन्थाको अनुहारमा गर्भावस्थाको चमक स्पष्ट देखिएको भन्दै प्रशंसकहरूले प्रतिक्रिया जनाएका छन् ।

गत वर्ष राज निदिमोरूसँग विवाह

अभिनेता नागा चैतन्यसँग सम्बन्धविच्छेदपछि सामन्थाले सन २०२५ डिसेम्बर १ मा निर्माता–निर्देशक राज निदिमोरुसँग विवाह गरेकी थिइन् । दुवैले यसअघि द फ्यामिली म्यानको दोस्रो सिजन र सिटाडेलः हनी बनीमा सँगै काम गरेका थिए । विवाहअघि उनीहरूको प्रेम सम्बन्धबारे पनि व्यापक चर्चा भएको थियो। यो जोडीले इशा योगा सेन्टर मा पारिवारिक उपस्थितिमाझ सादगीपूर्ण समारोहमा विवाह गरेका थिए । अब उनीहरू पहिलो सन्तानको प्रतीक्षामा रहेका छन् ।

हालै प्रदर्शनमा आएको सामन्थाको फिल्म मा इन्टी बंगारमले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । समाचारअनुसार फिल्मले प्रदर्शनको छैटौँ दिन २ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको छ । हालसम्म फिल्मको कुल कमाइ ३३ करोड २० लाख रुपैयाँ पुगेको जनाइएको छ । फिल्ममा सामन्थाले चुनौतीपूर्ण एक्सन सिन गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप