आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नागपोखरीमा यसरी गरियो नागपूजा, १८ तस्बिरमा हेर्नुहोस्

बिहीबार, ३१ साउन २०७५, ११ : ०१
बिहीबार, ३१ साउन २०७५

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज मनाइएको छ ।
यस अवसरमा  नक्सालस्थित नागपोखरीमा नागको विशेष पूजा गरिएको छ । नागपञ्चमीका दिन यहाँ नागको विशेष पूजा गरिँदै आएको छ । 

 पोखरीमा ध्वजापताकासहित भजनकीर्तन, डुङ्गासयर र विभिन्न पसल समेत सञ्चालन गरिएका छन् । 

 नागपूजाका लागि  स्थानीयवासीले बुधबार पोखरी तथा त्यसवरपर सफा गरी फोहर व्यवस्थापन गरेका थिए ।  

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । 

यसदिन घरघरमा नागको समेत टाँस्ने गरिन्छ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो । 

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप