समूह एफ : नेदरल्यान्ड्स समूह विजेता, जापान उपविजेता र स्विडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफका अन्तिम खेलहरू सम्पन्न हुँदा नेदरल्यान्ड्स समूह विजेता र जापान उपविजेताका रूपमा नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेका छन्।
जापानसँग १–१ को बराबरी खेलेको स्विडेन पनि उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ।
डलास स्टेडियममा भएको खेलमा जापान र स्विडेनले १–१ को बराबरी खेले। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औँ मिनेटमा डाइची माएदाले रित्सु डोआनको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाए।

तर ६२औँ मिनेटमा एन्थोनी एलांगााले भिक्टर ग्योकेरेसको सहयोगमा गोल गर्दै स्विडेनलाई खेलमा फर्काए। त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो।
यता, कान्सास सिटी स्टेडियममा भएको अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गर्दै समूहको शीर्ष स्थान सुरक्षित गर्यो। यस जितसँगै नेदरल्यान्ड्स समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ र अब मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
ट्युनिसियाको भने विश्वकप यात्रा अत्यन्त निराशाजनक रह्यो। टोलीले तीनवटै खेल गुमाउँदै शून्य अंकका साथ प्रतियोगिता टुंग्यायो। समूह चरणमा ट्युनिसियाले दुई गोल मात्र गर्यो भने १२ गोल बेहोर्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
-
रास्वपाले लिएको सामाजिक लोकतन्त्रबारे एक दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण