शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

रास्वपाको सहमहामन्त्री खुलातर्फ ११ जनाको उम्मेदवारी

शुक्रबार, १२ असार २०८३, ११ : १५
शुक्रबार, १२ असार २०८३

काठमाडौँ । रास्वपाको सहमहामन्त्री पद खुलातर्फ ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगका अनुसार रमेश प्रसाईंसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

शुक्रबार सार्वजनिक उम्मेदवारको अन्तिम नामावलीअनुसार प्रसाईंसहित यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन आयुक्त भुवन केसीले जानकारी दिए । रास्वपाको सहमहामन्त्री खुलातर्फ २ जना निर्वाचित हुने व्यवस्था छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप