रास्वपा महाधिवेशन
पाँच नेताको समर्थनले महामन्त्रीमा विपिनको पल्लाभारी
शुक्रबार, १२ असार २०८३, १२ : २४
सारांश
- रास्वपाको महामन्त्री पदमा विपिन आचार्यको पल्ला भारी हुने देखिएको छ ।
- पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी लगायत पाँच नेताले आचार्यलाई समर्थन गरेका छन् ।
- महामन्त्री पदका लागि आचार्यसहित छ जनाबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौँ । रास्वपाको महामन्त्री पदमा विपिन आचार्यको पल्लाभारी हुने भएको छ । रास्वपाका संस्थापनमा रहेका चर्चित अनुहारहरूले समर्थन गरेसँगै महामन्त्रीमा आचार्य निर्वाचित हुने लगभग निश्चित भएको हो ।
पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले शुक्रबार बिहान विपिनलाई समर्थन गरेको घोषणा गरेका थिए ।
महामन्त्रीमा आचार्यसहित राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकालबिच प्रतिस्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ वर्षीया आकाङ्क्षा बनिन् रास्वपाको केन्द्रीय सदस्य
-
उपेन्द्र र राजकिशोर यादवबिच बढ्यो दुरी !
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण