‘दीवाना’ को संयोगदेखि बलिउडको बादशाहसम्मको यात्रा
मुम्बई । बलिउडका बादशाह शाहरूख खानले चलचित्र उद्योगमा ३४ वर्ष पूरा गरेका छन्। उनको पहिलो चलचित्र ‘दीवाना’ ३४ वर्षअघि आजकै दिन अर्थात् २६ जुनमा प्रदर्शनमा आएको थियो।
यस विशेष अवसरमा शाहरूख खान मङ्गलूरुको एउटा कार्यक्रममा सहभागी भए, जहाँ उनले आफ्नो चर्चित पोज र हिट गीतहरूमा नृत्य गर्नुका साथै बाल्यकालको सम्झना पनि बाँडे। यस क्रममा उनले कन्नड भाषामा कुराकानी गरेर प्रशंसकहरूको मन जिते।
शाहरूख खान यस कार्यक्रममा आफ्नो बाल्यकालको एउटा तस्बिर लिएर पुगेका थिए। उनले गोजीबाट त्यो तस्बिर निकाल्दै दर्शकलाई देखाए र त्यो उनको बाल्यकालको एकमात्र तस्बिर भएको बताए। तस्बिर देखाउँदै शाहरूखले भने, ‘अहिले यो तस्बिर अलिकति अनौठो लाग्न सक्छ, किनभने म यसमा विना कपडा छु। म यसमा विना कपडा एउटा बाल्टीमा छु र मङ्गलूरुमा खिचिएको यो नै मेरो बाल्यकालको एकमात्र तस्बिर हो।’
शाहरूखको जन्म नयाँ दिल्लीमा भए पनि उनले बाल्यकालको सुरुवाती ५ वर्ष आफ्ना हजुरबुबा इफ्तिखार अहमदसँग मङ्गलूरुमै बिताएका थिए। कार्यक्रममा उनले ‘दिलवाले दुल्हनिया ले जायेंगे’ का गीतहरूका साथै ‘झूमे जो पठान’ र ‘छम्मक छल्लो’ मा प्रस्तुति दिएका थिए।
चलचित्रहरूमा आउनुअघि शाहरूखले धेरै टेलिभिजन कार्यक्रमहरूमा काम गरेका थिए। उनलाई पहिलो चलचित्र ‘दीवाना’ एउटा संयोगले मिलेको थियो। यस चलचित्रमा राजा सहायको भूमिकाका लागि पहिले अरमान कोहलीलाई पक्का गरिएको थियो, तर कुनै कारणवश उनले काम गर्न अस्वीकार गरे।
त्यसपछि शेखर कपुरले निर्माता गुड्डु धनोआलाई शाहरूखलाई भेट्न दिल्ली पठाए। गुड्डु धनोआका अनुसार त्यतिबेला शाहरूखको कुनै पनि चलचित्र प्रदर्शनमा आएको थिएन, तैपनि शाहरूखले आफू पहिले नै ५ वटा चलचित्रमा व्यस्त रहेकाले यो चलचित्र गर्न नसक्ने बताएका थिए।
शाहरूखले हेमा मालिनीको ‘दिल आशना है’, ‘राजू बन गया जेन्टलमेन’, ‘चमत्कार’, ‘किंग अंकल’ र ‘कभी हाँ कभी ना’ मा काम गरिरहेको जानकारी दिएपछि धनोआले कथा सुन्न आग्रह गरे।
भोलिपल्ट कथा सुनेपछि शाहरूखलाई चलचित्रको दोस्रो भाग निकै मन पर्यो र अन्य चलचित्रको मिति तलमाथि भएमा यो चलचित्र गर्ने वाचा गरे। भाग्यवश जुन चलचित्रका लागि समय थिएन, त्यही चलचित्र सबैभन्दा पहिले प्रदर्शनमा आयो र सुपरहिट भयो। यस चलचित्रमा अभिनेताको प्रवेश दोस्रो भागमा मात्र भए पनि दर्शकले उनको अभिनय निकै मन पराए।
निर्माता धनोआका अनुसार यस चलचित्रका लागि शाहरूखलाई ११ हजार भारु साइनिङ अमाउन्ट र १ लाख ५० हजार भारु अभिनय शुल्क दिइएको थाहा भएको छ। अभिनेता ऋषि कपुरलाई चलचित्रको ‘ऐसी दीवानगी’ गीत निकै मन परेकाले उनी आफैँ यसमा अभिनय गर्न चाहन्थे, तर पछि यो गीत शाहरूखमाथि नै छायाङ्कन गरियो। यसै चलचित्रबाट शाहरूखले उद्योगमा आफ्नो बलियो पहिचान बनाए र आज उनी विश्वकै सबैभन्दा धनी र सफल अभिनेतामध्ये एक हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित (सूचीसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
-
रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
-
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल, प्रधानमन्त्रीसँग सार्वजनिक जवाफको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण