‘बाहुबली ३’ आउने चर्चा
मुम्बई । चर्चित फिल्म ‘बाहुबली’ लाई लिएर पुनः चर्चा सुरु भएको छ । सामाजिक सञ्जालमा एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसका कारण फ्यानहरू अब चाँडै नै ‘बाहुबली ३’ आउन लागेको चर्चा गर्न थालेका छन् ।
भिडियो ‘बाहुबलीः द टर्चबिएरर’ नामक वृत्तचित्र (डकुमेन्ट्री) हो । भिडियोमा प्रभास, राणा दग्गुबाती र अनुष्का शेट्टी देखिएका छन् र उनीहरूको कुराकानीले फ्यानमा आशा बढाएको छ ।
भिडियोमा राणा भन्छन्– ‘मलाई थाहा छैन यो कुरा मैले सार्वजनिक रूपमा भन्नुपर्छ कि पर्दैन । तर म जे सोचिरहेको छु, त्यो भनिदिन्छु । संसार सायद अहिले नै तयार छैन, तर ‘बाहुबली’ अवश्य आउनेछ ।’
त्यसपछि प्रभासले मुस्कुराउँदै तीनवटा औँला देखाउँछन्, जसले गर्दा त्यहाँ उपस्थित सबैजना हाँस्छन् । यहीँबाट ‘बाहुबली ३’ आउने चर्चा सुरु भएको छ । यद्यपि, निर्माताहरूको तर्फबाट अहिलेसम्म ‘बाहुबली ३’ लाई लिएर कुनै आधिकारिक घोषणा भएको छैन ।
‘बाहुबली’को यात्रा सन् २०१५ मा प्रदर्शनमा आएको ‘बाहुबली’ बाट सुरु भएको थियो । यस चलचित्रले बक्स अफिसमा इतिहास रच्दै भारतीय सिनेमाको स्तर नै परिवर्तन गरिदिएको थियो । यसपछि आएको ‘बाहुबली २’ ले अझ ठुलो रेकर्ड बनायो ।
यो चलचित्र आज पनि भारतमा सबैभन्दा बढी कमाउने चलचित्रहरूको सूचीमा अग्रस्थानमा छ । यसले विश्वभरबाट करिब १७८८ करोड भारु सङ्कलन गरेको थियो । यस चलचित्रको भव्यता, कथा र दृश्यहरूले प्रभास, राणा र अनुष्कालाई प्यान–इन्डिया स्टार बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण