‘मन्त्रीको अमलेटमा काँडा भेटिँदा जरिवाना गर्ने सरकारले सुकुमबासीको खानामा किरा भेटिँदा के गर्छ ?’
सारांश
- नेकपा सांसद रेनु चन्दले सुकुमबासीको खानामा किरा भेटिएको विषयमा सरकारको आलोचना गरेकी छन् ।
- उनले मन्त्रीको अमलेटमा काँडा भेटिँदा तीन लाख जरिवाना हुने तर सुकुमबासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना हुन्छ भनी प्रश्न गरिन् ।
- उनले सरकारले सुकुमबासीलाई व्यवस्थापन गर्ने प्रतिबद्धता विपरीत उठिबास लगाउने र मानवअधिकार हनन गर्ने काम गरेको आरोप लगाइन् ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रेनु चन्दले सुकुमबासीको खानामा किरा भेटिएको विषयलाई लिएर सरकारको कडा आलोचना गरेकी छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङलाई मेनु र सुकुमबासीको खानपानमा भएको विभेदबारे प्रश्न गरेकी हुन् ।
सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएको घटनामा तीन लाख रुपैयाँ जरिवाना गरिएको प्रसङ्ग उल्लेख गर्दै सुकुमबासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना हुन्छ भन्दै प्रश्न गरिन् । उनले सरकारले सुकुमबासीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप समेत लगाइन् ।
सुकुमबासीलाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएर मत माग्ने तर सत्तामा पुगेपछि उठिबास लगाउने काम भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरिन् । अहिले सरकारले होल्डिङ सेन्टरबाट समेत सुकुमबासीलाई हटाउने कार्य गरिरहेको उनले बताइन् ।
बैठकमा उनले भनिन्, ‘मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, तीन लाख जरिवाना लाउनुभयो । ठिक गर्नुभयो । सुकुमबासीको खानामा किरा भेटियो सरकारलाई कति जरिवाना लाउँदै हुनुहुन्छ ? अथवा सरकारलाई के कारबाही गर्दै हुनुहुन्छ ? सुकुमबासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठिबास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको ? अहिले सुकुमबासीलाई सरकारले होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ । हामी नयाँ हौँ, हर समस्याको समाधान गर्ने जादुमयी क्षमता बोकेर आएका छौँ भन्ने अनि सुकुमबासीको मानव अधिकार हनन गर्ने ? यो सरकारमा वैचारिक स्पष्टता छैन ।’
सांसद चन्दले आफूहरू सबै समस्या समाधान गर्ने दाबी गर्दै आएको वर्तमान सरकारले अहिले सुकुमबासीको मानवअधिकार नै हनन गरिरहेको आरोप लगाउँदै सरकारको जवाफ माग गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ वर्षीया आकाङ्क्षा बनिन् रास्वपाको केन्द्रीय सदस्य
-
उपेन्द्र र राजकिशोर यादवबिच बढ्यो दुरी !
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण