संसद्
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
शुक्रबार, १२ असार २०८३, १६ : २३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिएकाले प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ ।
- सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सूचना जारी गरेका हुन् ।
- यसअघि शुक्रबार बिहान सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ ।
सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
यसअघि महासचिव पाण्डेले शुक्रबार बिहान सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।
प्रतिनिधिसभा बैठक बिहीबारका लागि आह्वान भएको थियो त्यो बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । रास्वपाको बैठक असार ७ गतेदेखि चितवनमा जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण