भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
सारांश
- आयरल्यान्डले बेलफास्टमा भएको दोस्रो टी-२० खेलमा भारतलाई १ रनले पराजित गर्दै २-० ले शृङ्खला जितेको छ।
- यो हारसँगै भारतको लगातार १६ टी-२० शृङ्खला जित्ने क्रम टुटेको छ भने श्रेयस अय्यर दुई खेल हार्ने दोस्रो भारतीय कप्तान बनेका छन्।
- आयरल्यान्डले १५४ रनको लक्ष्य दिएकोमा भारत ९ विकेट गुमाउँदै १५३ रनमा समेटियो, जसमा तिलक वर्माले सर्वाधिक ५५ रन बनाए।
बेलफास्ट । आयरल्यान्डले क्रिकेट इतिहासमा नयाँ अध्याय थपेको छ। बेलफास्टमा खेलिएको दोस्रो टी–२० खेलमा वर्तमान विश्व विजेता भारतलाई १ रनले पराजित गर्दै घरेलु टोलीले २–० ले शृङ्खला आफ्नो कब्जामा पारेको हो।
भारतले लगातार १६ वटा टी–२० शृङ्खला जितेपछि यो पहिलो हार ब्यहोरेको हो। यो हारसँगै श्रेयस अय्यर पहिलो दुई टी–२० खेल हार्ने दोस्रो भारतीय कप्तान बनेका छन्।
यसअघि ऋषभ पन्तले आफ्नो कप्तानीको सुरुवाती दुई खेल गुमाएका थिए। भारतीय टोलीले तीन वर्षपछि कुनै टी–२० शृङ्खलामा पराजयको स्वाद चाखेको हो। यसअघि सन् २०२३ मा वेस्टइन्डिजले भारतलाई ३–२ ले हराएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। टोलीका लागि ह्यारी टेक्टरले सर्वाधिक ५३ रनको योगदान दिए। भारतका तर्फबाट डेब्यु गरिरहेका बलर प्रिन्स यादवले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए।
१५५ रनको लक्ष्य पछ्याएको भारतीय टोली २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रनमा रोकियो। भारतका लागि तिलक वर्माले सर्वाधिक ५५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। आयरल्यान्डका बलर जय मुन्दडाले ३ विकेट लिँदै भारतलाई रोक्न मुख्य भूमिका खेले। उनी ‘प्लेयर अफ द म्याच’ समेत चुनिए। युवा ब्याटर वैभव सूर्यवंशीले भने यस खेलमा पनि डेब्यु गर्ने मौका पाएनन्।
दुवै टी–२० खेलमा भारतको हारको सबैभन्दा ठुलो कारण शीर्ष क्रमका ब्याटर चल्न नसक्नु रह्यो। पहिलो खेलमा १८३ रनको लक्ष्य पछ्याउने क्रममा टोलीले ६० रन जोड्दा सञ्जु सैमसन, इशान किशन र कप्तान श्रेयस अय्यरको विकेट गुमाइसकेको थियो। अभिषेक शर्माले २० बलमा ५० रन बनाए पनि उनी आउट हुनेबित्तिकै सम्पूर्ण ब्याटिङ लाइनअप ध्वस्त भयो र टोली १४८ रनमा समेटियो।
दोस्रो खेलमा पनि अवस्था सुध्रेन। सञ्जु सैमसन र अभिषेक शर्मा शून्य रनमै पभेलियन फर्किए भने कप्तान श्रेयस अय्यर मात्र १० रन बनाएर आउट भए।
शृङ्खलाभरि भारतीय टोलीको खराब फिल्डिङ पनि हारको अर्को ठुलो कारक बन्यो। भारतीय खेलाडीले दुवै खेलमा गरी जम्मा ६ वटा क्याच छोडे। पहिलो खेलमा शिवम दुबेले टिम टेक्टर, अभिषेक शर्माले ग्यारेथ डेलानी र वासिङ्टन सुन्दरले लर्कन टकरको क्याच छोडेका थिए। यसै जीवनदानको फाइदा उठाउँदै टकरले ५० र डेलानीले ४९ रन बनाएर आयरल्यान्डलाई जित दिलाए।
दोस्रो खेलमा पनि गल्ती दोहोरियो। हर्षित राणा र इशान किशनबिचको असमझदारीका कारण रस एडेयरको सहज क्याच छुट्न पुग्यो। त्यसपछि प्रिन्स यादवले आफ्नै बलमा ह्यारी टेक्टरको रिटर्न क्याच छोडे। त्यस्तै, अर्सदीप सिंहले बाउन्ड्री लाइनमा ह्यारी टेक्टरकै क्याच समात्न सकेनन् र बल उनको हातबाट फुत्किएर छक्का हुन पुग्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण