बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी

बुधबार, १७ असार २०८३, ११ : १२
बुधबार, १७ असार २०८३

सारांश

  • भुक्तानी प्रक्रिया अवरुद्ध भएको भन्दै निर्माण व्यवसायी सङ्घ धनुषाले पूर्वाधार विकास कार्यालय र कोष लेखा तथा नियन्त्रकको कार्यालयमा तालाबन्दी गरेको छ ।
  • आर्थिक वर्षको अन्तिम दिनसम्म पनि सम्पन्न योजनाको भुक्तानी हुन नसकेपछि निर्माण व्यवसायी आन्दोलित भएका हुन् ।
  • पूर्वमहासचिव विनोद कर्णले असार मसान्तमा विकास बजेट खर्च गर्ने समयमै भुक्तानी रोकिँदा निर्माण व्यवसायी गम्भीर आर्थिक सङ्कटमा परेको बताए ।

धनुषा । भुक्तानी प्रक्रिया अवरुद्ध भएको भन्दै निर्माण व्यवसायी सङ्घ धनुषाले विभिन्न कार्यालयहरूमा तालाबन्दी गरेको छ । बुधबार निर्माण व्यवसायीहरूले पूर्वाधार विकास कार्यालय र कोष लेखा तथा नियन्त्रकको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आर्थिक वर्षको अन्तिम दिनसम्म पनि सम्पन्न तथा अन्तिम चरणमा पुगेका योजनाको भुक्तानी हुन नसकेपछि निर्माण व्यवसायी आन्दोलित भएका हुन् । निर्माण व्यवसायी सङ्घ धनुषाका पूर्वमहासचिव विनोद कर्णले असार मसान्तमा विकास बजेट खर्च गर्ने समयमै भुक्तानी रोकिँदा निर्माण व्यवसायी गम्भीर आर्थिक सङ्कटमा परेको बताए ।

उनका विभिन्न सडक, भवन, सिँचाइ तथा अन्य पूर्वाधार आयोजनाको निर्माण सम्पन्न भए पनि आवश्यक कागजी प्रक्रिया पूरा हुँदाहुँदै भुक्तानी रोकिएको आरोप लगाए । बैंक ग्यारेन्टी, मजदुरको पारिश्रमिक, निर्माण सामग्री आपूर्तिकर्ताको रकम तथा बैंकको ऋण तिर्नुपर्ने अवस्थामा सरकारले भुक्तानी नगर्दा व्यवसायीहरू थप समस्यामा परेको उनको भनाइ छ । 

यता पूर्वाधार विकास कार्यालय जनकपुरधामका प्रमुख सञ्जीवकुमार साहले निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरू मिलेर कार्यालयमा तालाबन्दी गरेपछि कार्यालयको काम प्रभावित भएको बताए । 

उनले गैरआवासिय भवन निर्माण शीर्षकमा पूर्व स्वीकृति नलिइएको भन्दै कोलेनिकाले त्यो शीर्षकमा भुक्तानी रोक्न आफूहरूलाई पत्र काटेको र अर्थ मन्त्रालयबाट बाधा अडकाउ फुकाउको आदेश लिएर मात्रै भुक्तानी गर्न भनेपछि भुक्तानी रोकिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप